• 2:44 am

सन्दीपको पुनरावेदन : पौडेल र पोखरेलको इजलासमा सुनुवाइ

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार १२:३७

१४ पुस २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ हुँदै छ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ ।


लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो । पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेको भनाइ छ ।


त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

प्रतिकृया