• 1:53 pm

क्षमताका आधारमा मन्त्री बनाउने विषय गठबन्धनमा उठेको छ : गृहमन्त्री लामिछाने

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार १२:२४

१४ पुस २०७९, काठमाडौँ: गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताएका हुन् ।


अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए । मन्त्रिपरिषद विस्तार विश्वासको मत लिएपछि हुन्छ वा पछि छलफल गरेर टुंगो लगाइने भएको छ । न्यूनतम् साझा कार्यक्रमका आधारमा राप्रपा समेत सरकारमा सहभागी हुने लामिछानेले विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया