राजा वीरेन्द्रको ७८ औँ जन्मजयन्ती मनाइँदै
प्रकाशित मिति
२०७९ पुष १४ गते, बिहीबार १०:४०

१४ पुस २०७९, काठमाडौँ: तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७८ औँ जन्मजयन्ती । उनको सम्झनामा विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ । बुवा महेन्द्र तथा आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको २००२ साल पुस १४ मा जन्म भएको थियो।
स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरिँदै आइएकाे छ । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रूपमा पनि चिनिन्छ ।
इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो ।
प्रतिकृया