• 11:43 am

गृहमन्त्री लामिछाने राहदानी विभाग निरीक्षणमा

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०५:०७

१३ पुस २०७९, काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग निरीक्षणमा पुगेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । मन्त्री लामिछानेले सोमबार शपथ लिएका थिए । उनले मंगलबार पनि राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्या बुझेका थिए ।


विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको दिनमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया