• 5:11 pm

रामसहायप्रसाद यादव बने जसपाकाे संसदीय दलकाे नेता

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०१:४३

१३ पुस २०७९, काठमाडौँ: काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता रामसहायप्रसाद यादव बनेका छन् । यादव निर्विरोध रूपमा संसदीय दलको नेता बनेका हुन् ।


संसदीय दलकाे नेतामा रामसहायप्रसादकाे मात्र नाम दर्ता भएकाे थियाे । जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा आफ्नाे नाम फिर्ता लिएका थिए ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेकाे छ ।


१२ सांसद् रहेकाे जसपा हाल सरकारमा छैन। उसले सरकारमा जाने अथवा नजानेबारे छलफल गर्न पुस १८ र १९ गते बैठक बाेलाएकाे छ । उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ ।

प्रतिकृया