• 2:26 am

माओवादी बागमती दलको बैठक काठमाडौंमा बस्दै

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०१:१२

१३ पुस २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ । काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ ।


दलको नेतामा सांसद पौडेल र शालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलबीच प्रतिस्पर्धा भई रहेको छ । बागमती प्रदेशमा माओवादीका २१ सांसद छन् ।

प्रतिकृया