• 7:45 am

लगानीकर्तासंगको भेटमा अर्थमन्त्रीले भने-‘लगानीकर्ताको मनोबल बढाउन आवश्यक कदम चाल्छु’

प्रकाशित मिति

२०७९ पुष १२ गते, मंगलवार ०२:०२

१२ पुस २०७९, काठमाडौँ: नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक कदम चाल्ने बताएका छन् । आज मंगलबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको नेतृत्वमा भएको लगानीकर्ताहरुको टोलिसंगको भेटमा पौडलले यस्तो आश्वासन दिएका हुन् ।


वहाँले बजारको बिस्तार र सुधारका लागि आँफुले काम गर्ने भन्दै अहिले बजारमा देखिएको गिरावटको कारण पत्ता लगाई त्यसको निराकरणका लागि आवश्यक कदम चाल्ने आश्वासन समेत दिनु भएको छ पाख्रेलले भनिन् । लगानीकर्ताहरुलाई पौडेलले बजारमा के कस्ता समस्याहरु छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा आँफुलाई फेरि पनि भटेर सुझाव दिन लगानीकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।


प्रचण्ड नेतृत्वमा बनेको नयाँ मन्त्रीपरिषद् बैठक सोमबार साँझ बसेको थियो। सपथग्रहण लगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकले पूँजीबजारलाई महत्व दिएको छ । बैठकले पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो ।


मन्त्रीपरिषद् बैंठकको पहिले निर्णय नै वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो ।

प्रतिकृया