• 2:13 am

सीके राउतले काठमाडौंमा डेरा खोज्दै

प्रकाशित मिति

२०७९ पुष १२ गते, मंगलवार ११:५४

१२ पुस २०७९, काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूले काठमाडौंमा डेरा खोजिरहेको बताएका छन् । काठमाडौंमा डेरा खोज्न गाह्रो भएको उनको अनुभव छ ।


मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले आज पनि आफू डेरा/घर खोज्न जान लागेको जनाएका छन् । काठमाडौंमा हुँदा एकान्त, डाँडाकाँडातिर बसौँबसौँ लाग्ने उनले उल्लेख गरेका छन् ।


उनले गएको शनिबार घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रममा जाँदाको आफ्नो तस्बिरसहितको स्टाटस पोस्ट गरेका हुन् । सो क्षेत्रलाई उनले ‘रमणीय र ध्यान लाग्ने ठाउँहरू’ भनी वर्णन गरेका छन् ।


“शुभप्रभात है ! काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु । बरू, काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने,” उनले फेसबुकमा लेखेका छन्, “कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू । घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्बिर ।”

प्रतिकृया