• 11:51 am

राष्ट्र बैंकको मनीचेञ्जरको इजाजतपत्र वितरणमा नयाँ व्यवस्था

प्रकाशित मिति

२०७९ पुष ९ गते, शनिबार ०९:०९

९ पुस २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मनीचेञ्जरको इजाजतपत्र वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकबाट जारी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरिएकाे हाे ।


नयाँ व्यवस्था अनुसार अब उप्रान्त मनीचेञ्जर इजाजतपत्र लिन प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

सम्पूर्ण विवरणका लागि तलकाे सूचना हेर्नुहाेस् :

प्रतिकृया