• 5:47 pm

फ्रान्स उड्न विमानस्थल पुगे चार्ल्स शोभराज

प्रकाशित मिति

२०७९ पुष ८ गते, शुक्रबार ०५:१५

८ पुस २०७९, काठमाडौँ: फ्रान्सेली नागरिक चार्ल्स शोभराज आफ्नो देश प्रस्थान गर्न अध्यागमन विभागबाट अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार नै स्वदेश फर्कने भएका हुन् । साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै उनी फ्रान्स जान लागेका हुन् । उनलाई शुक्रबार नै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो ।

प्रतिकृया