• 3:18 pm

नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

प्रकाशित मिति

२०७९ पुष ७ गते, बिहीबार १२:१६

७ पुस २०७९, काठमाडौँ: नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।


लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।


चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर प्रयोजनका लागि १.१५ प्रतिशतका दरले ६९ लाख ४७ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कूल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

प्रतिकृया