अब बुढेसकालको सहारा राज्य हुन्छ : श्रममन्त्री कुवर
प्रकाशित मिति
२०७९ पुष ५ गते, मंगलवार ०४:१५

५ पुस २०७९, काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवरले बुढेसकालको सहारा राज्य हुने बताएका छन्। अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुवरले अब बुढेसकालमा कसरी पेट पाल्ने भन्ने चिन्ता नहुने बताए ।
‘युवा हुँदासम्म विदेशमा गएर रगत पसिना बगाउने अनि बुढेसकाल भएपछि कसले पाल्ने ? कसरी बाँच्ने भन्ने चिन्ता थियो । अब त्यो अन्त्य भएको छ। त्यसका लागि राज्यले गर्नेछ,ञ उनले भने । संविधानमा भएको व्यवस्था अनुसार नै सामाजिक सुरक्षा कोषलाई वृहत् गर्दै लगिएको उनको भनाइ छ ।
अत्यन्तै चिन्तित भएर लागेकाले यो क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सफल भएको बताए । सबैको सहयोग र चिन्ताको परिणाम नै कार्यविधि रहेको बताए । यो कार्यविधि कार्यान्वयनमा जाने र त्यसका लागि सबैले गम्भीर भएर लाग्नुपर्ने बताए ।
प्रतिकृया