• 8:08 am

भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात बन्द

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ११:२८

मातृभूमिन्युज संवाददाता

५ पुस २०७९, काठमाडौँ: विगत केही समयदेखि भारतमा नेपालबाट विद्युत निर्यात भइरहेकोमा अहिले नदीहरुमा पानीको स्तर घटी उत्पादन पर्याप्त गर्न नसकेकोले विद्युत निर्यात बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार विगतमा भारतमा ४०७ मेगावाट सम्म विद्युत निर्यात गरिएको थियो ।


अहिले निर्यात बन्द भई भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । नदीमा जलस्तर नबढेसम्म आयात गर्नुपर्ने हुन्छ । उनका अनुसार अहिले १२५ मेगावाट सम्म भारतबाट विद्युत आपूर्ति गरिएको छ । अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।


नेपालको विद्युत प्रणाली पुर्ण रुपमा नदीको पानीमा निर्भर रहेको छ अर्थात पानीको जलस्तर घट्ने बित्तिकै विद्युत उत्पादन पनि कम हुने गर्दछ । यस्तोमा नेपालले न्यूक्लियर र सोलर थर्मल इनर्जी जस्ता वैकल्पिक विद्युत उत्पादन गर्ने उपाय खोज्दा राम्रो हुने देखिन्छ । नेपालमा पनि अन्य देशमा जस्तै न्युक्लियर पावर प्लान्ट स्थापना गर्दा विद्युत उत्पादनमा हुन आउने ह्रासलाई कम गर्न सक्ने देखिन्छ ।

प्रतिकृया