• 6:06 pm

कांग्रेस संसदीय दलकाे निर्वाचन कार्यतालिका संशाेधन

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०८:५३

५ पुष, २०७९, काठमाडौँ: बुधबार बिहान हुने भनिएकाे नेपाली कांग्रेसकाे संसदीय दलकाे निर्वाचन तालिका संशाेधन भएकाे छ । भाेली बुधबार बिहानका लागि तय भएकाे भनि हिजाे साेमबार सार्वजनिक गरिएकाे निर्वाचन तालिका संशाेधन गरिएकाे संसदीय दलकाे निर्वाचन समितिले जनाएकाे छ।


समितिका अनुसार निर्वाचन बुधबारनै दिउँसाे २ देखि ३ बजेसम्म हुनेछ । साथै, उम्मेदवारकाे प्रथम नामावली प्रकाशन त्यसलगत्तै ३:३० बजे हुने कार्यतालिकामा उल्लेख छ।


प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफै उठ्ने तयारी गरेका छन्। संस्थापनइतर पक्षबाट भने महामन्त्री गगन थापाले यसअघि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।


साथै, संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पनि दलको नेतामा उठ्ने तयारी गरेका छन्। यद्यपि, संस्थापनइतरबाट एक जनामात्रै उम्मेदवार बनाउनका लागि नेताहरुबीच छलफलसमेत भइरहेको बुझिएको छ।


कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ।

यस्ताे छ संशाेधित तालिका:

प्रतिकृया