• 3:21 pm

आज देशका केही भागमा वर्षा र हिमपात, तराईमा हुस्सु

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०८:४१

५ पुष, २०७९, काठमाडौँ: अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले गरेको छ ।


राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।


बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।


महाशाखाका अनुसार तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया