• 5:39 pm

सेञ्चुरी बैंककाे सेयरमूल्य समायाेजन

प्रकाशित मिति

२०७९ पुष ४ गते, सोमबार ०३:३१

४ पुस २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।बैंककाे ४.७५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक सय ७६ रूपैयाँ ६१ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ। नेप्सेले अन्तिम कारोबार मूल्य एक सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


बैंककाे वार्षिक साधारण सभा पाैष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बाेनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिकृया