• 5:48 pm

शिवम् सिमेन्ट्सले लाभांश पारित गर्न डाक्याे साधारण सभा

प्रकाशित मिति

२०७९ पुष ४ गते, सोमबार ०२:३४

४ पुष, २०७९, काठमाडौँ: शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार सामना हाेटल, हेटाैँडा उपमहानगरपालिका, बैंकराेड, मकवानपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको मंसिर २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।


सभाले आगामी ४ वर्षे कार्यकालका लागी (कम्तिमा एक जना महिला सहित) ५ पाँच जना सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

प्रतिकृया