• 6:59 am

मनाङ मर्स्याङ्दी आयोजनाको पीडीएमा हस्ताक्षर

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार ०७:४०

३ पुष, २०७९, काठमाडौँ: ऊर्जा मन्त्रालय र मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच ‘प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट’ (पीडीए) भएको छ । आइतबार ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र मनाङ मर्स्याङ्दीका उत्तर कुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । निर्माण, स्वामित्व, सञ्चालन एवम् हस्तान्तरण आधारमा विकास गर्ने हेतुले सम्झौता भएको आयोजनाको उत्पादन क्षमता १३५ मेगावाट छ ।


नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) १३५ मेगावाटमा भएको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त आयोजनाको वार्षिक अनुमानित ऊर्जा उत्पादन सरदर ७६६.५९३ गिगावाट आवर हो । आयोजनाको विकास, निर्माण एवम् सञ्चालनका लागि २०७५ पुसमा ३५ वर्षको लागि विद्युत् उत्पादनको अनुमतिपत्र समेत जारी भइसकेको मन्त्रालयले जनाएको छ ।


सम्झौता अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले १० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था छ । चिनियाँ कम्पनीको प्रमुख सेयर लगानी रहने मनाङ मर्स्याङ्दी कम्पनीले आयोजनामा एफडीआई मार्फत अधिकांश लगानी विदेशी मुद्रामा गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिकृया