किया इभी ६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार ११:३७

kiya

३ पुस २०७९, काठमाडौँ: किया इभी ६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ । डव्लुएलटिपीले यो इलेक्ट्रिक क्रसओभरको अधिकतम रेन्ज ५२८ किलोमिटर दावी गर्दै आएकोमा एआरएआइले भने ७०८ किलोमिटर प्रमाणित गरेको छ ।


अटोमोटिभि रिसर्च एसोसिएसन अफ इण्डिया (एआरएआई) का अनुसार यो कारले इण्डियन ड्राइभिङ कन्डिसनमा ७०८ किलोमिटर रेन्ज दिने दावी गरेको हो । जुन डव्लुएलटीपीले दावी गरेको भन्दा १०८ किलोमिटर वढी हो । यसअघि विवाइडी एट्टो३ को रेन्जलाई लिएर समेत यी दुई संस्थाको दावी वाझिएको थियो ।


एआरएआइले दावी गरेको रेन्ज इभी६ को जीटी लाइन अल ह्विल ड्राइभको हो । यो कारमा ७७.४ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ । साथै यसमा जडान गरिएको डुअल मोटर सेटअपले ३२१ विएचपी पावर र ६०५ एनएम टर्क जेनेरेट गर्छ ।

प्रतिकृया