• ११:२५ २०८१ बैशाख ४ गते
  • 11:25 am

आज बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार १०:१५

barahi 1

३ पुष, २०७९, काठमाडौँ: बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज हुने भएको छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाड आज आइताबार (पौष ३ गते) क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १० बजेदेखि गरिनेछ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

प्रतिकृया