विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार ०७:५५

croatia

३ पुष, २०७९, काठमाडौँ: कतार विश्वकप फुटबलमा क्रोएसिया तेस्रो बनेको छ। शनिबार सम्पन्न खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो। पहिलो हाफमा भएको स्कोरनै निर्णायक बन्यो। दोस्रो हाफमा भने दुबै टिमले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल हुँदा पहिलो हाफको स्कोरनै निर्णायक बन्यो।


प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै मोरक्कोले गोल फर्काउँदै खेललाई १-१ गोलको अवस्थामा ल्याएको थियो। तर पहिलो हाफको अन्तिम समयमा क्रोएसियाले अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। क्रोएसियाले ४ सट टार्गेटमा राख्दा मोरक्कोले भने २ सट टार्गेटमा राखेको थियो।


खेलमा इभान पेरिसिकको क्रसलाई जोस्को गार्डिओलोले आकर्षक हेड गर्दै क्रोएसियालाई ७ औ मिनेटमानै अग्रता दिलाएका थिए। तर मोरक्कोले नवौं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि असरफ दारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

प्रतिकृया