• 9:07 am

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको नवौं वार्षिक साधारण सभासम्पन्न

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार ०२:५४

पुष १, २०७९, काठमाडौं: नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को नवौं वार्षिक साधारण सभा हिजाे मंसिर २९ गते बिहिबार हात्तिसारस्थित आरन्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष रविन कुमार नेपालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नेप्स संचालन ईतिहासमा पहिलो पटक संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १०% का दरले हुन आउने रकम रु १,७६,००,००० (एक करोड छैहत्तर लाख रुपैयाँ) बराबरको नगद लाभांश (लाभांश कर समेत) पारित गरेकाे छ ।


त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, एवं लेखा परिक्षकको प्रतिवेदनसहितको २०७९ अषाढ मसान्तको वासलात र मिति २०७८/०४/१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीयविवरणहरु छलफल पश्चात पारित गरिएको छ ।

प्रतिकृया