• 6:48 pm

प्रचण्डकाे दावी: एक महिनाभित्रै गठबन्धनकाे सरकार

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०१:०९

२८ मंसिर २०७९, पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुन‍े दावी गरेका छन् । गठबन्धन सरकारले नै निरन्तरता पाउने उनकाे भनाइ छ ।


बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए । माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्णरूपमा इमान्दार नहुदाँ कम सिट प्राप्त गरेको प्रचण्डकाे भनाइ छ ।


‘हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । उनले गण्डकी प्रदेशको माओवादीले पाउनपर्ने माग गठबन्धनमा राखेको बताएका छन् ।


प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका- १ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा सहभागी हुन आएका थिए ।

प्रतिकृया