• 6:11 pm

प्राइम लाइफले डाक्याे पन्ध्राैँ वार्षिक साधारण सभा

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०१:०३

२८ मंसिर २०७९, काठमाडौं : प्राइम लाइफले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे मंसिर २७ गते, मंगलबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा पाैष २४ गते, आइतबार अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरु हुनेछ ।


सभामा कम्पनीकाे कार्तिक २ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।


त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया