• 10:38 am

मारुती सुजुकीले देखायो वागन आरको फ्लेक्स फ्यूल प्रोटोटाइप

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार १२:०७

२८ मंसिर २०७९, काठमाडौँ: मारुती सुजुकीले वागन आरमा आधारित फ्लेक्स फ्यूलको प्रोटोटाइप सार्वजनिक गरेको छ । नयाँ प्रविधीमा आधारित यो कारलाई कम्पनीले नयाँ दिल्लीमा आयोजना भैरहेको एसआइएम इथानोल टेक्नोलोजी एक्जिविनसमा प्रदर्शन गरेको हो ।


भारतीय बजारका लागी पहिलो मास मार्केट प्रोडक्टका रुपमा आउन लगोको यो कार २० देखी ८५ प्रतिशतसम्म इथानोल व्लेन्डेड फ्यूलबाट चल्नेछ । मारुतीले यो कारलाई सुजुकी मोटर कर्पोरेशन जापानको सहयोगमा तयार पारेको हो ।


मारुती सुजुकीका अनुसार यो कारको इन्जिनमा सामान्य परिवर्तन गरिएको छ । यसमा इन्जिन म्यानेजमेन्ट सिस्टम, फ्यूल पम्प र फ्यूल इन्जेक्टर तथा अन्य इन्जिन कम्पोनेन्टमा परिवर्तन गरिएको हो ।


कारमा कतिमात्रा इथानोल छ भनेर देखाउन यसमा इथानोल सेन्सर र हिटेड फ्यूल रेल दिइएको छ । यो कारले ७९ प्रतिशतसम्म प्रदुषण कम गर्न सघाउ पु¥याउने दावी गरिएको छ ।

प्रतिकृया