सुनको भाउ घट्याे, चाँदीको स्थिर

प्रकाशित मिति

२०७९ मंसिर २७ गते, मंगलवार ११:२८

gold 1 e1654839302113

२७ मंसिर २०७९, काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।


सोमबार छापावाल सुन प्रतितोला एक लाख दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।


सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया