• 5:37 pm

सेयर बजारमा वृद्धि

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०४:२९

२६ मंसिर, २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेकाे छ । नेप्से ०.९० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.५७ अंकले बढेर ३७२.९३ विन्दुमा पुगेकाे छ । कूल २४५ वटा कम्पनीकाे ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।


स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ। साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २१ कराेड ३२ लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।


समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ९.९३ प्रतिशतले घटेर ८ रूपैयाँ १६ पैसामा झरेकाे छ ।

प्रतिकृया