कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०४:०२

satdobato

२६ मंसिर २०७९, काठमाडौँ: मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अ‍ोभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो । शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ।


कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने बताएको छ । यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाकबाट संञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।


कार्यालय सबै चालकहरुलाई तोकिएका बाटोबाट यात्रा गर्नु अनुरोध गरेको छ । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन भोलीदेखि सुरु गरिँदै छ ।


जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।

प्रतिकृया