कामना सेवा विकासले दृष्टिविहीनहरुलाई कम्प्युटर ट्रेनिङ्ग दिँदै

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार १०:५७

kamanaSewa help

२६ मंसिर २०७९, काठमाडौं : कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो । जसका लागि विकास बैंकले जोड इनिस्येटिभसँग मंसिर २१ गते बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ । सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ ।


साथै, बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ । सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।


यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।

प्रतिकृया