डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघ्यो

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०४:१०

demat account

२५ मंसिर, २०७९, काठमाडौँ : नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ। धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् ।


सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो । आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खोल्ने व्यक्तिहरूको कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ६५ हजार ८ सय ८७ जना पुगेको छ । जसमध्ये, ४५ लाख ५५ हजार ५ सय ९५ जना मेरो सेयरमा आवद्ध छन्

प्रतिकृया