नेप्सेमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०३:३७

nepse gateko e1620295217788

२५ मंसिर, २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेकाे छ । नेप्से १.६७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा झरेकाे छ। कूल २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।


स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै बैंकिङ्ग समूह घटेकाे छ । आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ९३ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।


यस दिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर ७ सय एक रूपैयाँ ४० पैसामा झरेकाे छ ।

प्रतिकृया