• १८:१७ २०८० चैत्र १६ गते
  • 6:17 pm

सुनको भाउ १ लाख नाघ्यो, कतिमा हुँदैछ किनबेच ?

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ११:०७

gold12 e1640583630247

२५ मंसिर २०७९, काठमाडौँ: आज नेपाली बजारमा सुनको भाउ बढेको छ । गत शुक्रबार तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया