एनआरएन इन्फ्रास्ट्रक्चरको एजिएम पुस २० गते, के-के छन् एजेण्डा ?

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ११:०४

nrn 1

२५ मंसिर २०७९, काठमाडौँ: एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते बिहान ११ बजे आम्रपाली व्यान्क्वीट काठमाडौँमा सभा आयोजना गर्ने जनाएको छ । कम्पनीको मंसिर १६ गते सबेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।


कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।


साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफारनोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित हुनेछ ।


त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने, लेखापरीक्षण समिति लगायत अनय उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने लगायतका विविध प्रस्तावहरु पारित गर्नेछ ।


कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिकृया