पाँचथर पावर कम्पनीले पुस १८ गतेको लागि बोलायो साधारणसभा

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ११:०२

power

२५ मंसिर, २०७९, काठमाडौँ: पाँचथर पावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १८ गते ११ बजेको लागि होटल इम्पेरियल बत्तिसपुतलीमा सातौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरको छ ।


यस्तै, कम्पनीले पुस ७ गते एकदिन बुक क्लोज गर्न जानकारी दिएको छ । यसको अर्थ पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम कम्पनीको सेयरधनीलाई मात्र लाभांश पाउनेछन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया