• १६:४६ २०८० चैत्र १६ गते
  • 4:46 pm

सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ०२:४५

cyc

२३ मंसिर २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको आधारभूत शेयरधनीबाहेकको अन्य शेयर कारोबार फुकुवा गरेको हो ।


नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोही अनुसार नेप्सेले आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।


यस कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । यस सिवाईसी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएसँगै असार २३ गतेदेखि शेयर कारोबार रोक्का थियो ।

stock

प्रतिकृया