• १६:४१ २०८० चैत्र १६ गते
  • 4:41 pm

पुष्पाका अपराधीहरुले कानुन बमोजिम कडा सजाय पाउनुपर्दछ

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०८:२३

pushpa YcFQXpWfvK 1

२२ मंसिर २०७९, काठमाडौँ : व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर, अनि केल्मी नेपालकी अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपाने नुवाकोट घर भइ हाल काठमाडौं बुद्धनगरकि बासिन्दा । सुसिक्षित परिबार अनि आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर पुष्पा न्यौपानेको करियर उकालो लागिरहेको अवस्था, जीवनले थप सफलताको बाटो कोरिरहेको परिवेशमा पुष्पाले किन आत्महत्याको बाटो रोज्नु पर्यो ? उनको परिबारका सदस्यहरुलाइ अहिले यहि प्रश्नले गाँजेको छ र उनिहरु सँग यसको पक्का जबाफ पनि छैन ।


प्रहरी र समाचारमा इन्गेजमेन्ट टुटेका कारण आफ्नै जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेको भनिएको यो घटनामा अहिले नै कुनै निष्कर्शमा पुग्नु हतार हुनेछ किनभने धेरै प्रश्नहरु अनुत्तरित नै छन अनि प्रहरी अनुसन्धान पनि पुरा भैसकेको छैन् , तथ्य – प्रमाणहरु जुटाउने क्रम जारि नै छ । पुष्पाले ग्यालेनमा भएको पेट्रोल आफ्नो जिउमा छर्किएको भनिए पनि प्रत्यक्षदर्शिहरुको बयान , पेट्रोल खरिद गरिएको ठाउँ , पेट्रोलको उक्त ग्यालेन बोकेर उनी कसरी घटनास्थल पुगिन भन्ने देखि लिएर घटनास्थल वरिपरिको सिसिटिभि फुटेजहरु छानबिन सम्मको काम बाँकि रहदै अनि कुनै सुसाइट नोट समेत फेला नपरेको अवस्थामा उनको मृत्यु लाई आत्महत्या भनिएको कुरा उनको परिबारलाइ पटक्कै चित्त बुझेको छैन् । प्रहरीले पुष्पा र सुधनबीच सामाजिक सन्जालमा भएका कुराकानीको समेत अध्ययन गरिरहेको छ ।


घटना अनुसार आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकैको एउटा घरको अगाडि जलिरहेको अवस्थामा फेलापरेकी पुष्पाको उपचारका क्रममा निधन भएको थियो । घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा प्रहरीद्वारा उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएकि पुष्पाको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको थियो ।


पुष्पाको जलेको शरीर फेलापरेको स्थान सुधन संग्रौलाको घर अगाडि हो जोसँग अघिल्लो दिन अर्थात शनिबार मात्र उनको टिकाटालो (इन्गेजमेन्ट) टुटेको थियो , त्यो पनि पुष्पा वा उनको तर्फबाट टुटेको वा टुटाइएको होइन । शनिबार सुधनका बुबा-आमा बुद्धनगरस्थित पुष्पाको घरमा पुगेर इन्गेजमेन्टमा दिइएको सरसामानहरु फिर्ता गरेका थिए । त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए भने सुधनका बुबाआमाले ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिएको बताइन्छ । सुधन यस बिषयमा ‘पुष्पालाई नै थाहा छ ।’ भनेर पन्छिए । उनले यतिमात्र भने – अब मिल्न सक्दैनौं , त्यसपछि जोडिन लागेको सम्बन्ध टुट्यो । पुष्पा र सुधनको इन्गेजमेन्ट टुटनुको खास कारणका बारेमा पुष्पाले आफ्नो परिबारका सदस्यहरुलाइ केही बताएकि थिइनन् ।


हामी समाज हैँ, हामीलाई भन्न सजिलो छ, उनले मर्नु हुँदैनथ्यो। मर्न त कहाँ त्यति सजिलो होला र ? सार्वजनिक रुपमा जोडिएको एउटा सम्बन्ध तोडिएपछि यो समाजमा छोराहरुलाई बाँच्न जति सहज छ, त्यो सजिलो छोरीलाई छैन। यदि समाजले हरेक अवस्थामा छोरालाई झैँ सजिलै बाँच्न दिन्थ्यो भने पुष्पाहरुले यसरी आफ्नै शरीरमा आगो झोस्दैनथे। म साेचछु पुष्पाको मृत्युको खबर पढ्दै चुकचुकाइरहेको यही समाज हो उनलाई मर्न विवश पार्ने। सामाजिक मान्यता, हाम्रो चेतना, हाम्रो संस्कार लगायतका थुप्रै कुरा दोषी छन्।


प्रेम बस्यो, प्रेम बसेको चिज सुन्दर हुन्छ, प्रिय हुन्छ र सँगै राख्न मन लाग्छ तर कसैले पनि कसैलाई जिन्दगीभरी प्रेम गरिरहनु पर्छ भन्ने बाध्यता छैन्। आज मिलेको मन भोलि नमिल्न सक्छ। नमिल्न पाउनु पर्छ। कयौँ वर्षका वैवाहिक सम्बन्ध टुटेका छन्, प्रेमी छुटेका छन्, उनीहरु पनि त बाँचिरहेकै छन्। पारिवारिक सहमतिमै तोडिएको एउटा सम्बन्धले निम्त्याएको दुर्घटनालाई लिएर हामीले लगाएका आक्षेप अर्को दुर्घटना गराउने खालका छन् जस्ताे मलाइ लाग्छ ।

यही विषयलाई जाेडदै डा. तोसिमा कार्की

प्रतिकृया