सिद्धार्थ बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्दै

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०४:२९

sidhhartha

२२ मंसिर २०७९, काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।


ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिकृया