• ०५:१३ २०८१ बैशाख ७ गते
  • 5:13 am

पूर्वाधार संरक्षणमा सजग बनौं : एनसेल

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०४:२०

NcellLogo 1 e1652178362387

२२ मंसिर २०७९, काठमाडौं : एनसेलले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबल काटिएका कारण सञ्चार सेवा केही समय अवरुद्ध भएको जनाएको छ। केही समय सेवा अवरुद्ध भएसँगै सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति एनसेलले क्षमायाचना गरेको छ। कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेको भन्दै अवरुद्ध भएको सेवा क्रमिक रुपमा सुरुचारु हुँदै जाने जनाएको छ। अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्न दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैसँग अनुरोध गरेको छ।

प्रतिकृया