• ०७:२३ २०८१ बैशाख ६ गते
  • 7:23 am

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार १०:५२

Ghanti 20221121150420

११ मंसिर, २०७९, काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । पार्टीकाे चितवन जिल्लाकाे पार्टी कार्यालयमा आगलागी भएको हाे । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । आगलागी भएर कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।


यस्तै कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको प्रहरीले जानकारी दिएकाे छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया