सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०५:२६

८ मंसिर २०७९, काठमाडौँ: सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट “सनसिल्क दशैं भाइब्स” संचालन गरेको थियो, जसमा प्रतियोगीहरुले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए । अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो। प्रतियोगीताका विजेताहरुलाई सनसिल्कको सीमित “दशैं प्याक” संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो । यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो ।


सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा “डबल सेलिब्रेशन” नाराका साथ सनसिल्क दशैं भाइब्स २ संचालन गरिएको थियो । जुन प्रतियोगीतामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनु पर्ने थियो । सहभागीहरु मध्ये ३ जना विजेतालाई रु।१र१ लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो । यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहनु भएको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टीहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ । सम्भवतः, यो नेपालको सबैभन्दा विशाल डिजिटल प्रचार अभियान हो भन्न सकिन्छ । आधुनिक प्रविधिहरु, डिजिटलाइजेसनका साथमा विश्व अगाडी बढीरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पनि अघि बढ्नु पर्छ । सनसिल्क नेपालले तीव्र गतिमा परिवर्तन भैरहेको वातावरणतर्फ आफूलाई अनुकूलन बनाउँदै लगेको छ र डिजिटलाइजेसनमार्फत् सफलता प्राप्त गर्ने एक ब्राण्ड बनेको छ ।


सनसिल्क दशैं भाइब्स २ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो, जुन कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषणा गरिएका थियो । प्रत्येक विजेताले रु.१,००,००० का दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासंगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

प्रतिकृया