सुरू भयो शुभ लक्ष्मी कोषको कारोबार

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०२:०५

७ मंसिर २०७९, काठमाडौँ : लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि भदौ २ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला ‘शुभ लक्ष्मी कोष’ का इकाईहरू आज (मंसिर ७ गते, बुधबार) बाट खरिद बिक्री गर्न सकिने भएको छ । यस फण्डको इकाईहरू आजदेखि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँ मार्फत् खरिद बिक्री गर्न सकिने क्यापिटलले बताएको छ आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्री गर्न सकिने क्यापिटलले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।


क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको थियो । खुलामुखी योजना भएको हुनाले धितोपत्र दोश्रो बजार ९नेपाल स्टक एक्सचेञ्ज० मा यसको कारोबार हुँदैन ।

क्यापिटलले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

प्रतिकृया