• १६:४२ २०८० चैत्र १६ गते
  • 4:42 pm

काठमाडौंबाट दिल्लीतर्फ हुँदै आएको साताका चारवटा उडान कटाैती

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०३:५०

101718942 nepalairlines e1658402760965

६ मंसिर २०७९, काठमाडौं :  नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्दै आएको छ । उक्त गन्तव्यहरुमध्ये मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुुईवटा उडान सञ्चालन गर्दै आएको छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरुलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।


उल्लिखित सन्दर्भमा, १५ सेप्टेम्बर २०२२ मा निगमले दिल्लीको लागि १४, दोहा, मलेशिया र दुबईका लागि ७-७ र रियादको लागि ०६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिताको ३-३ गरी प्रतिहप्ता जम्मा ५६ वटा उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतार्थ पेस गरेको थियो । सो सन्दर्भमा, ने.ना.उ.प्रा.बाट २३ अक्टोबर २०२२ मा प्राप्त पत्रानुसार निगमको उडान प्रतिहप्ता ४२ वटा मात्र स्वीकृत भई १४ वटा उडान कटौती भएको थियो ।


Historical Slot को रुपमा सञ्चालन हुँदै आएको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको साप्तहिक १४ उडानमध्ये १० वटा उडान मात्र स्वीकृत भएकोमा त्यसबाट उक्त सेक्टरको उडान रद्द हुँदा निगमको आम्दानीमा संकुचन हुनुकासाथै रद्द भएको उडानको यात्रुहरुलाई Rerouting गर्दा त्यसबाट अतिरिक्त लागतको भारसमेत निगमले व्यहोर्नु परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी संचालक समितिको समेत स्वीकृति पश्चात हप्ताको ०४ फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौं–दिल्ली–भैरहवा–काठमाडौं) उडान गर्ने गरी स्वीकृतिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइसकिएको साथै निगमको कटौती भएको उडान Historic SLOT/Flight Permission अनुसार नै यथावत सञ्चालन गर्ने र आवश्यकता अनुसार अन्य गन्तव्यमा उडान थप गर्नसमेत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको व्यहोरा जानकारी गराइन्छ ।


त्यसैगरी, नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । निगम सँग ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलव्धता रहेको छ ।
निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको ISAGO (IATA Safety Audit for Ground Operations) Certified रहेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको छ । सो सम्बन्धमा, निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको सन्दर्भमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

प्रतिकृया