एभरेष्ट बैंकको लाभांश पाउन मंसिर १२ गते अघि नै सेयर किन्नुपर्ने

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०२:४४

६ मंसिर २०७९, काठमाडौँ : एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पाउन लगानीकर्ताहरुले मंसिर १२ गते अगावै सेयर खरिद गर्नुपर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै साधारण सभा प्रयोजनका लागि मंसिर १३ गतेका लागि बुक क्लोजको मिति तोकेको हो ।


एभरेष्टले गत आर्थिक वर्षको नाफाबाट २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमध्ये १३ प्रतिशत बोनस सेयर छ भने ७.६८ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ ।


बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोण् ७३ लाख ४० हजार २ सय ९ रुपैयाँ रहेको छ । एभरेष्ट बैंकले मंसिर २६ गतेका लागि साधारण सभा बोलाएको छ ।

प्रतिकृया