
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको कारोबार दोश्रो बजारमा सुरू
प्रकाशित मिति
२०७९ मंसिर ६ गते, मंगलवार ११:३१

६ मंसिर २०७९, काठमाडौं : मर्जरका कारण दोश्रो बजारमा कारोबार रोक्का रहेको पाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको कारोबार सुरू भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर १ गते, बिहीबारको निर्णय अनुसार आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरेको थियो ।
दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झौता भएको थियो । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।
हाल मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।
प्रतिकृया