• 9:32 pm

जीप दुर्घटनामा परी चार जना प्रहरी कर्मचारीको निधन, नौ जना घाइते

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०४:५९

accident1 e1664721822357

५ मंसिर २०७९, काठमाडौँ: पाटन नगरपालिका-४ थुमस्थित सडकमा से.१ ज ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरू रमेश सिंह साउद, लोक बहादुर बाठामगर र दिर्घ बिष्ट गरी ४ जना प्रहरी कर्मचारीको निधन भएको छ ।


आइतबार सम्पन्न निर्वाचनमा सुरक्षार्थ खटिएर बैतडीको गोठालापानी मतगणनास्थलमा मतपेटिका पुर्‍याई ईलाका प्रहरी कार्यालय पाटनतर्फ जाँदै गरेको अवस्थामा उक्त जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चारै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा निधन भएको हो । जिपमा १२ जना प्रहरी कर्मचारी र जिप चालकसहित १३ जना सवार रहेकोमा अन्य ९ जना घाइते भएका छन् । गम्भीर घाइते अवस्थामा रहेका ४ जना प्रहरी कर्मचारी र जिपका चालक गरी ५ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालगंज लगि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


अन्य ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बैतडी र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया