निर्वाचन आयोगको मूलगेटमै देखाए कालोझण्डा

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार १२:३९

३ मंसिर, २०७९, काठमाडौँ: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले आमनिर्वाचनको विरोधमा निर्वाचन आयोगअगाडि कालो झण्डा देखाएर प्रदर्शन गरेको छ।


आइतबार (मंसिर ४ गते) प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। नेकपा (क्रान्तिकारी माओवादी) भने निर्वाचनको बहिस्कारसहित विरोधमा छ।


सो पार्टी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले शनिबार मध्याहन्न कालोझण्डासहित काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा कालोझण्डासहित प्रदर्शन गरेका हुन्।


निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे उनीहरूमध्ये प्रहरीले वैद्य माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा एकजना छात्रा नेतृ पनि छिन्। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

प्रतिकृया