• 5:40 pm

एनसीसी बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०७:१०

२ मंसिर २०७९, काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुगेको छ । बैंकको मंसिर २ गते शुक्रबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाबाट पारित भएको ३.३६६३ प्रतिशत बोनस सेयर पश्चात बैंकको पुँजी साढे ११ अर्ब नाघेको हो ।


नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको सभाले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । यस्तै सभाले कुमारी बैंकसँग एक आपसमा गाभ्नेरगाभिने तथा मर्जर तथा प्राप्तीसँग सम्बन्धीत भए गरेका काम कारवार्ही अनुमोदन र आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।


आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब ५० करोड रुपैयाँ पुगेकोे छ । त्यसैगरी बैंकले १ खर्ब २४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया