• 5:00 pm

जावलाखेल नजिक भेटिएको संकास्पद बस्तु सेनाले निष्कृय पार्‍यो

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०२:३९

२ मंसिर २०७९, काठमाडौँ : ललितपुरको स्टाफ कलेज नजिक भेटिएको संकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा बिहीबार बिहान भेटिएको बमजस्तो देखिने बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो । तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिष्कार’ लेखिएको थियो ।


उक्त बस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लवसहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो । उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ ।

प्रतिकृया