सवारी दुर्घटनामा दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७९ मंसिर १ गते, बिहीबार ०४:३९

१ मंसिर २०७९, काठमाडौं : काभ्रे, रोशी गाउँपालिका-११ पिप्लेस्थित सडकमा बा.३७ प ७१२७ नम्बरको मोटरसाइकल र प्रदेश ३-०१-०२४ च ८६३७ नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-५ बस्ने ३६ वर्षीय श्याम बहादुर बोलनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरस्थित सडकमा एनएल ०१एन०४३८ नम्बरको ग्यास बुलेटले बागमती प्र.०२०२८प ६५४६ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं मनमैजु बस्ने ५० वर्षीया शिर कुमारी गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ग्यास बुलेट चालकको प्रहरीले खोजी गरिरहेको छ भने ग्यास बुलेट नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया