• १०:१८ २०८० फाल्गुन १३ गते
  • 10:18 am

पत्रकार सरोजराज अधिकारी मृत फेला

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०९:५५

patrakar

२३ कात्तिक, २०७९, काठमाडौँ: पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुन्धारास्थित सिद्धार्थ होटेलमा उनी मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार अधिकारी झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


उनकी श्रीमतीले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा उनी मृत फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए । उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए ।

प्रतिकृया